Monday, July 3, 2017

प्रेमगीतमय बन्दै सामाजिक संजाल तथा गाउँशहर

प्रदर्शन मिति नजिकिदै गर्दा बर्षकै बहुप्रतीक्षित चलचित्र प्रेमगीत २ ले आफ्नो पब्लिसिटिलाई आक्रामक शैलीमा अगाडि बढाएको छ। यस समय चलचित्रका प्रमुख कलाकाल प्रदिप खड्का, अश्लेसा ठकुरी, निर्माता सन्तोष सेन तथा चलचित्र संग सम्वन्धित करिब २२ जनाको टोलि पब्लिसिटी म्यानेजर किरण आचार्यको नेतृत्वमा देश दौडाहमा लागेका छन।
चलचित्रको प्रोमोसनका साथै देशभरका दर्शकहरुको प्रेमगीत२ को प्रतिक्रिया र उत्साहलाई केलाउन निर्माण पक्ष अल नेपाल टुरमा लागेको हो। टोलिले दमौली, पोखरा, नेपालगन्ज, बुटवल मा विभिन्न मनोरंजनात्मक कार्यक्रम गरि अहिले भने पुर्बी नेपालको यात्रा तिर अघि बढिरहेको छ्न।
अहिलेसम्म कार्यक्रम गरेका सहरहरुवाट दर्शकको निकै राम्रो उपस्थिती र प्रतिक्रिया पाएको कुरा निर्माता सन्तोष सेनले जानकारी दिएका छन। करिब २ करोड भन्दा बढी लागतमा बनेको चलचित्रले प्रोमोसनको लागि पनि ठुलै धन खर्च गरिरहेको छ। टोलिले मन्डला थिएटरको आधुनिक ट्रक लिएर पुर्ण ब्यवस्थापनका साथ देशभ्रमणमा निअकिएको हो। संगसंगै प्रेमगीत २ कै अन्य सहयोगी टोलि द्वारा काठमाडौ तथा आआफ्नो स्थानिए क्षेत्रमा आक्रामक शैलीमा पब्लिसिटी गरिरहेका छन। यतिबेला काठमाडौका हरेक गल्ली, भित्ताहरु प्रेमगीतमय भएका छन भने फेसबुक, ईन्स्टाग्राम, युट्युब तथा अन्य सामाजिक संजाल पनि प्रेमगितमय देख्न सकिन्छ।
चलचित्रको निर्देशक रामशरण पाठक भने बिबिध कारणवस देशब्यापी दौडाहमा सहभागी हुन नसकेको जनाउनुभएको छ। चलचित्रमा प्रदिप खड्का र अश्लेसा ठकुरीको साथमा निर्माता सन्तोष सेन, हास्यकलाकार तथा भिजे शिशिर भण्डारी तथा अन्य थुप्रै कलाकारको अभिनय देख्न पाईने छ। यतिबेला प्रेमगित २ को ट्रेलत अनि गितसंगित हरु निकै चर्चित भैरहेका छन। चलचित्र श्रावण १३ गतेदेखी देशभर प्रदर्शनमा आउदै छ।

Monday, June 26, 2017

Nepali movies which are releasing this moth


This month releasing Nepali Films are mentioned below..

1) Asar 16:-  Karakhana (Sushil Shrestha feat Barsha Siwakoti)
Genre:- Ronantic Love story.

2) Asar 23:- Dhanapati (Khagendra Lamichhane feat Surakshya Panta)
Genre:- Social Drama, related with currently faced problems by Nepali.

3) Asar 30:- Saayad 2 (Sushil Shrestha, Sharoon Shrestha, Nisha Karki, Amrit Dhungana, Kaushal Pandey and Sunil Rawal)
Genre:- Youth targeted movie with Love story, Friendship and comedy.

4) Asar 30:- Ma Yesto Geet Gauchhu (Paul Shah feat Puja Sharma)
Genre:- Musical film with Pure Love story